Thursday, August 23, 2012

गुगलले जे पनि दिन्छ, तर भात हैन :-)

लेरी पेज र सर्जी व्रिनले इन्टरनेट प्रयोगकर्ताहरू माझ प्रस्तुत गरेको ' गुगल 'लाई हामी सर्च इन्जिनको बादशाहका रूपमा चिन्छौँ। गुगल ले पछिल्लो समयमा विकसित गर्दै लगेको प्रविधिका कारण यो सर्च इन्जिनमा मात्र सीमित नभएर 'टेक्नोलोजी जाइन्ट' का रूपमा देखा परेको छ। यद्यपि गुगल भन्ने बित्तिकै सर्च इन्जिन नै बुझिन्छ। इन्टरनेटमा केही कुरा खोज्न सबैको पहिलो रोजाइ हुन्छ- गुगल । गुगल का सेवाहरूबाट प्रभावित हुने प्रयोगकर्ताहरूले त्यसलाई गुगल दाई, गुगल ेश्वर महादेवसम्म भन्ने गरेका छन्। सर्च इन्जिनबाट सुरु भएको गुगल को सेवा अपरेटिङ सिस्टम (ओएस) सम्म पुगिसकेको छ। गुगल ले क्रोम, युट्युब, जीमेल, जी प्लस, गुगल अर्थ, एन्ड्रोइड आदि प्रोडक्टलाई आफ्नो सेवामा जोडिसकेको छ। गुगल का धेरै प्रोडक्ट उक्त विधामा नम्बर एक छन्। अब गुगल लाई कन्टेन्ट सर्चका लागि मात्र प्रयोग गरे गुगल दाइ हामीसँग पक्कै रिसाउनेछन्। गुगल धेरै बाठो भैसकेको छ। बढ्दो उमेरसँगै गुगल को बौद्घकिता पनि बढ्दै गएको छ। अझ राम्रो सेवाका लागि गुगल ले आफ्नो वेबसाइटमा कन्टेन्ट सर्चबाहेक शब्दकोश, घडी, क्याल्कुलेटर, म्याप आदिको सुविधा पनि उपलब्ध गराएको छ।

 Define 
 गुगल बाट शब्दकोशको सेवा पनि लिन सकिन्छ। थाहा नभएको शब्दको अर्थ खोज्न वेवसाइटमा गैरहनु पर्दैन। गुगल को सर्च बक्समा मभाष्लभस् बदचगउत टाइप गरेर उक्त शब्दको अर्थ जान्न सकिन्छ। यसमा शब्दको अर्थसहित शब्द सम्मिलित वेबसाइटहरूको विवरण (सर्च रिजल्ट) पनि पाइन्छ। गुगल को अर्को रूप हो, क्याल्कुलेटर। हामीमा जोड, घटाउ, गुणादेखि साइन्टिफिक हिसाब गर्न क्याल्कुलेटरको आश्रय लिने बानी परिसकेको छ। सर्च बक्समा sin 30 + cos 30, 95.5 * 9 टाइप गर्नुहोस्, नतिजा तपाईंको सामु हुनेछ। पर्सनल कम्प्युटरदेखि मोबाइल ओएसमा पनि क्याल्कुलेटर एप्लिकेसन सजिलै पाइन्छ। इन्टरनेट सफिर्ङ गर्दा क्याल्कुलेटरको आवश्यकता पर्दा मोबाइल वा क्याल्कुलेटर खोजिरहनुको साटो गुगल सर्च पेजलाई नै क्याल्कुलेटरका रूपमा प्रयोग गर्दा समय पनि बचत हुन्छ।

 Unit Conversion 
 अन्तर्राष्ट्रिय मापदण्ड र चलनचल्तीको युनिट फरक पर्न सक्छ। कुनै ठाउँमा किलोग्राममा त कतै पाउन्डमा त अनि कतै लोब्समा तौल नापिन्छ। यसले अलमल्याउने त पक्कै छ। एकपटक गुगल लाई सोध्दा के नै जाला - ज्ञण्ण् एयगलम तय प्न टाइप सर्च गर्दा युनिट बदल्ने एप्लिकेसन तपाईंको अगाडि हुनेछ।

 Forex
 आजको विनिमय दर अनुसार १०० अमेरिकी डलर बराबर कति पाउन्ड हुन्छ ? पत्ता लगाउनु कुनै असहज कुरा होइन तर यसका लागि विनिमय दर कति हो थाहा हुनुपर्‍यो र हिसाव गर्नुपर्‍यो। यति लामो झन्झट किन बोक्ने गुगल सँग प्रश्न गर्नुहोस न ! गुगल बाट विनिमय दर थाहा पाउन सर्च बक्समा google .com/finance/converter टाइप गर्न सकिन्छ।

 Time
 सात समुद्र पारी कसैसँग गफ गर्न त्यहाँको समय थाहा पाउनु आवश्यक छ। समय थाहा पाउने सजिलो उपाय हो गुगल । गुगल सर्च बक्समा Time : sydney ले सिड्नी सहरको समय र मिति नतिजाका रूपमा प्रस्तुत गर्छ। Location गुगल ले ठाउँहरूको जानकारी पनि राम्रैसँग राखेको छ। कुनै पनि ठाउँको जानकारी खोज्न कागजी नक्सा पल्टाउनु भन्दा उपलब्ध भएका डिजिटल नक्सा पल्टाउनु बुद्घिमानी हुन्छ। गुगल को म्याप्स सुविधा सर्च पेजबाट पनि लिन सकिन्छ। सर्च बक्समा Locate : Kathmandu गर्दा, गुगल म्याप्सको लिंक सहित काठमाडौँको नक्सा उपलब्ध हुन्छ।

Friday, January 27, 2012


विश्वको एकमात्र टेलिभिजन टेलिकास्ट वेबसाइट हो जहाँ समाचारवाचकहरुले आफ्ना कपडा फुकाल्दै समाचार पढ्छन् ।
जब जब समाचारवाचक पुरुष वा महिलाले समाचार पढ्दै जान्छन् उनीहरुले एकपछि अर्को गर्दै लगाएका लुगा फुकाल्दै जान्छन् ।

नेक्ड न्यूजका सबै एपिसोड क्यानडाको टोरन्टोमा छायांकन गरिन्छ । २५ मिनेटको यो समाचार प्याकेज हप्तामा ३ दिन प्रशारण गरिन्छ ।
यो समाचार नेक्ड न्यूजको वेबसाइटमा गएर अनलाइनमार्फत हेर्न सकिन्छ तर त्यसको लागि पैसा तिर्नुपर्छ ।

Monday, January 2, 2012

बेलायती राजकुमार ह्यारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने


बेलायती राजकुमार ह्यारीले आगामी सिजनमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। लण्डनबाट निस्कने सन्डे टेलिग्राफले बेलायती राजतन्त्रका तेस्रा उत्तराधिकारी ह्यारी घाइते सैनिकको सहयोगका लागि सगरमाथा आरोहण टोलीमा सहभागी हुन लागेको उल्लेख गरेको छ। डायनाका कान्छा छोरा २७ वर्षीय ह्यारी बुबा राजकुमार चार्ल्स र दाजु विलियमपछि बेलायती गद्दीका तेस्रा उत्तराधिकारी हुन्।

ह्यारी घाइते सैनिकलाई सहयोग गर्ने 'वाकिङ विथ द वाउन्डेड' नामको परोपकारी संस्थाका संरक्षक हुन्।

टेलिग्राफले हजुरआमा एलिजावेथ द्वीतियाको गद्दी आरोहणको ६० वर्ष र लन्डन ओलम्पिक पनि सन् २०१२ मै पर्ने भए पनि ह्यारी सगरमाथा आरोहण गर्ने पुरानो महत्वाकांक्षामा प्रतिबद्ध रहेको उल्लेख गरेको छ। यसै वर्ष उनी जमैका, बेलिज तथा बहमासको पदयात्रामा समेत जाँदै छन्।

बेलायती राजदरबार र ह्यारी आवद्ध रहेको परोपकारी संस्थाले भने यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। ह्यारीका प्रवक्ताले भने बेलायती सेनाको कार्यक्रमअनुसार आरोहणबारे पछि जानकारी गराइने बताए।

उक्त संस्थाले रकम संकलनका लागि पहिलो चरणमा गम्भीर घाइते ८ सैनिकसहित नाम्चेबजारदेखि आधार शिविरसम्म सातदिने पदयात्रा गर्ने छन्। अर्को चरणमा कम्तीमा चार सैनिकले सगरमाथा आरोहण गर्ने छन् जसमा ह्यारी पनि सहभागी हुनेछन्।

सन् २००६ मा बेलायती सेनामा प्रवेश गरेका ह्यारी अहिले क्याप्टेन छन्। बेलायतकी कान्छी सगरमाथा आरोही बन्ने प्रयास गरिरहेकी २१ वर्षीया मोलिइ ह्युजले भने सैनिक टोलीका संयोजकले राजकुमार ह्यारी पनि आरोहणमा जाने आफूलाई जानकारी गराएको टेलिग्राफसँग बताएकी छन्।

प्रेरणा सिंहको शरिरवाट १४ किलो बोसो झिकिएको छ ।

अस्वभाविकरुपमा मोटाउँदै गएकी पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंहको शरिरवाट १४ किलो बोसो झिकिएको छ ।

यसअघि १२ किलो बासो झिकिसकेकी प्रेरणाले दोस्रोपटक सिंगापुरमा सल्यक्रिया गरेर फेरि १४ किलो बोसो झिकेको छ ।

१ सय ५ किलो तौल रहेकी प्रेरणाको कम्मरभन्दा माथिल्लो भागबाट बोसो झिकेपछि अब उनी ९१ किलोमा झरेकी छन् । चार दिनअघि उनको अप्रेसन गरिएको स्रोतले बतायो ।

यसअघि उनले चार बर्षअघि पनि सिंगापुरमै अप्रेसन गरेर १२ किलो बोसो झिकेकी थिइन् । अस्वभाविकरुपमा बोसो बढ्दै गएपछि उनलाई हिडडुल गर्नसमेत समस्या पर्न थालेको थियो ।

अप्रेसन सफल भएपछि उनी डिस्चार्ज भएर आराम गरिरहेको भएपनि सिंगापुरमै रहेका उनका पति राजबहादुर सिंह भने भेटन गएका छैनन् । थाइल्याण्डमा रहेका उनका दाजु पारश साह पनि सिंगापुरमा रहेका आमा र बहिनीलाई भेटन गएका छैनन् ।

यसैवीच पूर्वरानी कोमल शाहको पनि कानको अप्रेसन गरिएको छ । उनको दाहिने कानको अप्रेसन गरिएको छ । उनले चार बर्षअघि बेलायत पुगेर कानमा मेसिन राखेकी थिइन् ।

अप्रेसनको ब्यबस्था मिलाउन पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिना दश दिन अघि सिंगापुर पुगेका थिए । कोमल र प्रेरणासहित सवै पूर्व राजपरिवार सदस्य अझै तीन सातासम्म सिंगापुर रहने बताइएको छ ।

Friday, September 30, 2011

बाथरुममा भिडियो क्यामरा


बेलायतमा एकजना भारतीयमूलका मुटु रोग विशेषज्ञले लाजमर्दो व्यवहार गरेका छन् । तिनले आप्ना महिला डाक्टर साथीको तस्बिर रेकर्ड गर्न आप्mनो घरको बाथरुममा सीसीटिभी क्यामरा फिट गरेका थिए । लिडसमा कार्यरत ३३ वर्षीय विवेक बालिगलाई तीन अपराधमा दोषी पाइएको छ । सरकारी वकिल कार्मेल पियर्सनले दिएको जानकारीअनुसार बालिगका दुई महिला डाक्टर नजिकका साथी थिए । ती दुई महिला बालिगको घरमा आउजाउ गरिरहन्थे । बालिगको घरमा नुहाइरहेकी एक महिलाले बाथरुममा भिडियो क्यामराबारे जानकारी पाएकी थिइन् । त्यो देखेपछि उनी अत्तालिँदै प्रहरीमा उजुरी दिन पुगेकी थिइन् । त्यसपछि मात्र यो विषय बाहिर आएको थियो ।

Wednesday, July 6, 2011

जेनेभामा नेपाली समाज गठन र बार्बीक्यु पार्टी


-दिपक शर्मा जेनेभाबाट

यही जुलाइ ३ तारिख आइतवारका दिन जेनेभा सहरमा बार्बीक्यु पार्टी र जेनेभा नेपाली समाज गठन भयो। सोनाम लामाको अध्यक्षमा १३ सदस्य समिति गठन भएको छ । उपाध्यक्षमा मोहन गौतम, महासचिबमा सम्झना थापा, कोषाध्यक्षमा निता कपुर(सास्कृतीक संयोजक) र सदस्यहरुमा दिपक शर्मा खतिवडा, दिपेन्द्र रावत (खेलकुद संयोजक) , सन्तोष राना सुब्बा, भाष्कर अधिकारी, राम भन्डारी, शिव रिजाल, प्रबेस श्रेष्ठ, मन्जरी गौतम सर्वसम्वत चुनिनु भएको छ । र एक जना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने बताइएको छ। समितीमा ३३% महिलाको सहभागिता गराइएको छ। यस कार्यसमितिले संस्थापक सल्हाकारमा संजय मुडभरी,कानुनी सल्हाकारमा हर्मन वार्निय र सल्हाकारहरुमा बिनायक मल्ल, डा. सुरेन्द्र पान्डे(यु एन एच सि आर), ठाकुर पराजुली (डब्लु टि ओ) र मुरारी अर्याल (वल्ड बैंक) रहनु भएको जानकारी गराएको छ।
गर्मिको समयमा जेनेभाबासीनेपालीलाइ बिदाको समय पारेर जेनेभामा आयोजना गरेको बार्बीक्यु पार्टी मा ५० जना नेपालीको सहभागीता थियो । उक्त पार्टीमा लोजान र न्युशाटेलका नेपालीहरुले पनि जेनेभा नेपाली समाजको समर्थन गर्दै आफ्नो उपस्थिती जनाउनु भएको थियो।
आजको कार्यक्रममा कार्यसमिती गठन ,जेनेभा भलिवल टिम छनौट ,सदस्यता बितरण र कोष संकलन गरिएको थियो । कोष संकलनमा जेनेभबासी तथा स्विस फ्रेन्चली भागमा बसोबास गर्नु हुने नेपालीहरुको सहयोगितामा कोषमा ३००० स्विस फ्रेन्क संकलन भएको छ । यो रकम स्विटजरल्याण्डमा रहनु भएका नेपालीहरुको समस्यामा र बिभिन्न कार्यक्रम संचालन गर्दा उपयोगमा ल्याउने कुरा समाजका कोषाध्यक्ष निता कपुरले जानकारी दिनु भएको छ। जेनेभाका विभिन्न संगठनमा आबद्द नेपालीहरुले पनि आवश्यक रकम सहयोग गर्ने बताउनु भएको छ।
यस समितीलाई आराउबासी र निरन्जन श्रेष्ठले पनि सहयोग गर्ने बताउनु भएको छ । जसरी आराउमा आराउबासी नेपाली,युनिक ग्रुप र जुरिचमा स्विस नेपाल समाज जस्ता समाजिक संस्थाले विभिन्न कार्यक्रम गरेजस्तै जेनेभा नेपाली समाजले पनि ससक्त रुपमा कार्य गरेर लैजाने र जेनेवा नेपाली समाजलाई जेनेभामा आधिकारिक रुपमा दर्ता गराउने प्रतिबद्दता समाजका अध्यक्ष सोनाम लामाले दिनु भएको छ।

के हो सेक्स टोयज ?



यौनसन्तुष्टि प्राप्त गर्न प्रयोग गरिने कृत्रिम यौनसामग्री नै सेक्सटोयज हो, जुन ठ्याक्कै उही आकार र रंगमा उपलब्ध हुन्छ। यसका थुप्रै भेराइटिज छन्। आफैं सन्तुष्टि पाउनुका साथै अरूद्वारा सन्तुष्टि प्राप्त गर्न पनि यसको प्रयोग गरिन्छ। यौन खेलौनाका बारेमा थुप्रै गलत धारणा विद्यमान छन्। भनिन्छ, एक्लो र सेक्सुअल पार्टनर नभएका व्यक्ति, समलिंगी (गे अथवा लेस्बियन) हरूले यसको प्रयोग गर्छन् तर सत्य अर्कै छ। यसको प्रयोग सबै व्यक्तिले उत्तिकै गर्छन्।

कोही एक्लो भएका बेला वा यौन मित्रसँगै यौन आनन्दका लागि यस्ता सेक्सटोयज प्रयोग गरिन्छ। सेक्सटोयज क्वालिटीयुक्त सफा एवं आकर्षक हुनुपर्छ । यसको प्रयोगबाट यौनजन्य सरुवा रोगबाट बच्न सकिन्छ। सेक्सटोयज मुख्यतः माड्ने, दल्ने र भाइब्रेटर हुन्छन् जुन यौनांग र मलद्वारमा यौनसम्पर्कका बेला प्रयोगमा ल्याइन्छ। सहवासमा सेक्सटोयजको प्रयोग कहिलेकाहीँ आफ्नो यौनप्यासका सम्बन्धमा आफ्नो सेक्स पार्टनरलाई भन्न गाह्रो हुन्छ। नयाँ खालको रमाइलो गर्ने कुरामा उनीहरू आफ्ना कुरा व्यक्त गर्न सक्दैनन्। कतिपयमा सेक्सटोयज प्रयोग गर्नु हुँदैन भन्ने मानसिकता हुन्छ।

इमान्दारिता र खुला रूपमा आफ्नो सेक्स पार्टनरलाई यस विषयमा बताउनुपर्छ, जसले गर्दा यौन सम्पर्कका बेला यस्ता सेक्सटोयजको प्रयोगका सम्बन्धमा दुवैमा सकारात्मक धारणाको विकास भै पूर्ण यौनसन्तुष्टिको भागीदार हुन सकिन्छ। सेक्स पार्टनरलाई के गर्न मन लाग्छ ? उसले यौनलाई कसरी स्वीकार गर्छ भन्ने कुरादेखि लिएर सेक्सटोयज स्वस्थ हुनुपर्छ जस्ता कुराको ख्याल गरे यसले जीवनलाई आनन्ददायक बनाउने दाबी गरिन्छ। सेक्सटोय किन्दा ध्यान दिनुपर्ने कुराकस्तो खालको सेक्सटोय छान्ने अथवा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा केही कुरा दिमागमा राख्नुपर्छ। यसको प्रयोग आनन्दायक र स्वास्थ्यका दृष्टिकोणले यौनजन्य संक्रमणरहित हुनुपर्छ।

सेक्सटोयजको प्रयोगअघि त्यसको क्वालिटी र अवस्थामा ध्यान पुर्‍याउनुपर्छ। नरमपन पनि जाँच्नु आवश्यक हुन्छ। सेक्सटोय च्यातिएको अथवा भाँचिएको पनि हुन सक्छ। सेक्सटोयजको प्रयोगमा चिल्लो पदार्थको ठूलो भूमिका हुन्छ जसले सुरक्षित यौनआनन्द प्रदान गर्छ। यसका लागि आफ्नो यौन खेलौनाअनुरूपको उच्चस्तरीय चिल्लो पदार्थ (लुब्रिकेन्ट) बजारमा उपलब्ध हुन्छ। सबै यौन खेलौना साटासाट गर्नु उपयुक्त हुँदैन। यस्ता सामग्री कसैलाई दिँदा यौन संक्रमण हुनसक्छ।

नधोइएको र कन्डम प्रयोग नगरिएको सेक्सटोय मुख र महिला यौनअंगमा लगाउनु हुँदैन, किनभने सेक्सटोयलाई गुदद्वारमा पनि प्रयोग गरिएको हुनसक्छ। बिना सावधानी प्रयोग भए यसबाट महिलाहरूको पिसाब नलीमा संक्रमण हुन सक्छ। यदि सेक्सटोयको प्रयोगले पीडा भए तत्काल सम्भोगक्रिया रोक्नुपर्छ। आफ्नो पार्टनरसँग सेक्सटोय प्रयोग गर्दा एक-अर्कामा विश्वास आवश्यक हुन्छ। पुनः इच्छा भए केही बेर आराम गरेर सेक्स टोयमा थप चिल्लो पदार्थ लगाई काम सुरु गर्नु उपयुक्त हुन्छ। सेक्सटोयको सफाइ सेक्सटोय महँगो हुन्छ। यसको प्रयोग बारम्बार गरिन्छ। त्यसैले पनि यसलाई जोगाउन उत्तिकै ध्यान पुर्‍याउनुपर्छ। यौनजन्य संक्रमण र जीवाणु आक्रमणबाट बच्न पनि सेक्सटोयलाई राम्रोसँग सफा गर्नुपर्छ। केही रोगका जीवाणु सेक्सटोयमा लामो समयसम्म रहन सक्छन्। हेपाटाइटिस र स्क्याबिजजस्ता रोगका जीवाणु केही सातादेखि महिना दिनसम्म जीवित हुन सक्छन्। त्यसका लागि सेक्सटोयलाई कसरी सफा गर्ने भन्ने कुरामा ध्यान दिनु आवश्यक हुन्छ। कडा सेक्सटोयकडा सेक्सटोय जुन सिसा, स्टिल, कडा प्लास्टिक वा सिलिकनले बनेका हुन्छन्। सिसालाई साबुन पानीले धुनुपर्छ।

नरम सिसाबाट बनेका साधन साबुन-पानीले धुँदा सफा हुन्छन् भने यस्ता सेक्सटोयलाई तातो स्थानमा राख्नु हुँदैन। स्टिलबाट बनेका सेक्सटोयमा विद्युतीय मेसिन जोडिएको भए हल्का मनतातो साबुन पानि प्रयोग गर्नुपर्छ। यदि विद्युतीय मेसिन प्रयोग नभएको खण्डमा त्यसलाई ब्लिच र पानीको घोलमा १० मिनेट उमालेर सुकाउनुपर्छ। कडा प्लास्टिकबाट निर्मित सेक्सटोयलाई एन्टिब्याक्टेरियल साबुन-पानीले धुनुपर्छ भने यसलाई पानीमा उमाल्नु हुँदैन। सिलिकनबाट बनेका सेक्सटोयलाई पाँच मिनेट उमाल्नुपर्छ, त्यसपछि धुनुपर्छ। सिलिकन टोयलाई एन्टिब्याक्टेरियल साबुन र तातो पानीले धुनुपर्छ। सिलिकनबाट बनेका भाइब्रेटरलाई उमाल्नु हुँदैन, किनभने त्यसले भाइब्रेटरको आन्तरिक संरचना बिगार्न सक्छ। नरम सेक्सटोयनरम सेक्सटोयहरू रबर, रेक्जिन, नाइलन तथा छालाबाट बनेका हुन्छन्। रबरबाट बनेका सेक्सटोय पारदर्शी र नरम भएकाले सफा गर्न गाह्रो हुन्छ।

यो विभिन्न केमिलकको मिश्रणबाट बन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। त्यस कारण यस्ता सेक्सटोयको प्रयोगमा कन्डम युज गर्नु उपयुक्त हुन्छ। रेक्जिनबाट बनेका सेक्सटोय एकदम नरम र धुन कठिन हुन्छन्। यसबाट धेरैजसो कृत्रिम लिंग बनेका हुन्छन्। यसलाई नरम तातो पानीले मात्र धुनुपर्छ। सुकाएपछि यसलाई सफा र चम्किलो साथै धूलो नटाँसिने बनाउन पाउडर लगाउनुपर्छ। नाइलनबाट निर्मित सेक्सटोयलाई एन्टिब्याक्टेरियल साबुन-पानीले धुन सकिन्छ। छालाबाट बनेका सेक्स्ाटोयहरू पनि धुन मिल्ने खालका हुन्छन्। यसलाई सफा गर्दा लेदर कन्डिसनर प्रयोग गर्नुपर्छ।सेक्सटोय प्रयोगका फाइदा विश्वका लाखौं व्यक्तिको यौनचाहनालाई यस्ता सेक्सटोय निर्माण कम्पनीले विभिन्न प्रकारको यौनसामग्री उत्पादन गरी पूरा गरिरहेका छन्। यस्ता सेक्सटोयबाट मानिसहरूले राम्रै फाइदा लिने गरेका छन्, अर्थात् सेक्सटोय पनि उनीहरूको यौन सन्तुष्टि पाउने माध्यम बनेको छ। यसको प्रयोगले थुप्रैलाई प्रत्यक्ष फाइदा पुयाएको छ। सेक्सटोयले यौनव्यवहारमा विविधता ल्याउनुका साथै यसले यौनसम्बन्धमा पूर्ण सन्तुष्टि प्रदान गरेको दाबी गरिन्छ। सेक्सटोयले मानिसको यौनआकांक्षा पूरा गर्छ।

यसले यौन सम्बन्धलाई पनि सहयोग पुर्‍याउँछ। यसले राम्रो यौनसम्बन्धलाई पनि मसालेदार बनाउन सहयोग गर्छ। सेक्स पार्टनरबाट सन्तुष्टि नमिलेको अवस्थामा यसबाट आफ्नो इच्छानुसार यौनसन्तुष्टि लिन सकिन्छ। सेक्स पार्टनर टाढा भएका बेला यसको प्रयोग गरी सन्तुष्टि लिन सकिन्छ। सेक्सटोयको प्रयोगले पूर्ण यौनसन्तुष्टि दिनुका साथै तनावबाट पनि मुक्ति दिन्छ। सेक्सटोयले यौन सक्रियता बढाउँछ। पार्टनरलाई यौनचाहना नभए यसको प्रयोग गरी आफूले सन्तुष्टि लिन सकिन्छ। यौनसन्तुष्टि प्राप्त गर्न प्रयोग गरिने कृत्रिम यौनसामग्री नै सेक्सटोयज हो, जुन ठ्याक्कै उही आकार र रंगमा उपलब्ध हुन्छ। यसका थुप्रै भेराइटिज छन्। आफैं सन्तुष्टि पाउनुका साथै अरूद्वारा सन्तुष्टि प्राप्त गर्न पनि यसको प्रयोग गरिन्छ। यौन खेलौनाका बारेमा थुप्रै गलत धारणा विद्यमान छन्।

भनिन्छ, एक्लो र सेक्सुअल पार्टनर नभएका व्यक्ति, समलिंगी (गे अथवा लेस्बियन) हरूले यसको प्रयोग गर्छन् तर सत्य अर्कै छ। यसको प्रयोग सबै व्यक्तिले उत्तिकै गर्छन्। कोही एक्लो भएका बेला वा यौन मित्रसँगै यौन आनन्दका लागि यस्ता सेक्सटोयज प्रयोग गरिन्छ। सेक्सटोयज क्वालिटीयुक्त सफा एवं आकर्षक हुनुपर्छ । यसको प्रयोगबाट यौनजन्य सरुवा रोगबाट बच्न सकिन्छ। सेक्सटोयज मुख्यतः माड्ने, दल्ने र भाइब्रेटर हुन्छन् जुन यौनांग र मलद्वारमा यौनसम्पर्कका बेला प्रयोगमा ल्याइन्छ। सहवासमा सेक्सटोयजको प्रयोग कहिलेकाहीँ आफ्नो यौनप्यासका सम्बन्धमा आफ्नो सेक्स पार्टनरलाई भन्न गाह्रो हुन्छ। नयाँ खालको रमाइलो गर्ने कुरामा उनीहरू आफ्ना कुरा व्यक्त गर्न सक्दैनन्।

कतिपयमा सेक्सटोयज प्रयोग गर्नु हुँदैन भन्ने मानसिकता हुन्छ। इमान्दारिता र खुला रूपमा आफ्नो सेक्स पार्टनरलाई यस विषयमा बताउनुपर्छ, जसले गर्दा यौन सम्पर्कका बेला यस्ता सेक्सटोयजको प्रयोगका सम्बन्धमा दुवैमा सकारात्मक धारणाको विकास भै पूर्ण यौनसन्तुष्टिको भागीदार हुन सकिन्छ। सेक्स पार्टनरलाई के गर्न मन लाग्छ ? उसले यौनलाई कसरी स्वीकार गर्छ भन्ने कुरादेखि लिएर सेक्सटोयज स्वस्थ हुनुपर्छ जस्ता कुराको ख्याल गरे यसले जीवनलाई आनन्ददायक बनाउने दाबी गरिन्छ। सेक्सटोय किन्दा ध्यान दिनुपर्ने कुराकस्तो खालको सेक्सटोय छान्ने अथवा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा केही कुरा दिमागमा राख्नुपर्छ। यसको प्रयोग आनन्दायक र स्वास्थ्यका दृष्टिकोणले यौनजन्य संक्रमणरहित हुनुपर्छ। सेक्सटोयजको प्रयोगअघि त्यसको क्वालिटी र अवस्थामा ध्यान पुर्‍याउनुपर्छ।

नरमपन पनि जाँच्नु आवश्यक हुन्छ। सेक्सटोय च्यातिएको अथवा भाँचिएको पनि हुन सक्छ। सेक्सटोयजको प्रयोगमा चिल्लो पदार्थको ठूलो भूमिका हुन्छ जसले सुरक्षित यौनआनन्द प्रदान गर्छ। यसका लागि आफ्नो यौन खेलौनाअनुरूपको उच्चस्तरीय चिल्लो पदार्थ (लुब्रिकेन्ट) बजारमा उपलब्ध हुन्छ। सबै यौन खेलौना साटासाट गर्नु उपयुक्त हुँदैन। यस्ता सामग्री कसैलाई दिँदा यौन संक्रमण हुनसक्छ।नधोइएको र कन्डम प्रयोग नगरिएको सेक्सटोय मुख र महिला यौनअंगमा लगाउनु हुँदैन, किनभने सेक्सटोयलाई गुदद्वारमा पनि प्रयोग गरिएको हुनसक्छ।

बिना सावधानी प्रयोग भए यसबाट महिलाहरूको पिसाब नलीमा संक्रमण हुन सक्छ। यदि सेक्सटोयको प्रयोगले पीडा भए तत्काल सम्भोगक्रिया रोक्नुपर्छ। आफ्नो पार्टनरसँग सेक्सटोय प्रयोग गर्दा एक-अर्कामा विश्वास आवश्यक हुन्छ। पुनः इच्छा भए केही बेर आराम गरेर सेक्स टोयमा थप चिल्लो पदार्थ लगाई काम सुरु गर्नु उपयुक्त हुन्छ। सेक्सटोयको सफाइ सेक्सटोय महँगो हुन्छ। यसको प्रयोग बारम्बार गरिन्छ। त्यसैले पनि यसलाई जोगाउन उत्तिकै ध्यान पुर्‍याउनुपर्छ।

यौनजन्य संक्रमण र जीवाणु आक्रमणबाट बच्न पनि सेक्सटोयलाई राम्रोसँग सफा गर्नुपर्छ। केही रोगका जीवाणु सेक्सटोयमा लामो समयसम्म रहन सक्छन्। हेपाटाइटिस र स्क्याबिजजस्ता रोगका जीवाणु केही सातादेखि महिना दिनसम्म जीवित हुन सक्छन्। त्यसका लागि सेक्सटोयलाई कसरी सफा गर्ने भन्ने कुरामा ध्यान दिनु आवश्यक हुन्छ। कडा सेक्सटोयकडा सेक्सटोय जुन सिसा, स्टिल, कडा प्लास्टिक वा सिलिकनले बनेका हुन्छन्। सिसालाई साबुन पानीले धुनुपर्छ। नरम सिसाबाट बनेका साधन साबुन-पानीले धुँदा सफा हुन्छन् भने यस्ता सेक्सटोयलाई तातो स्थानमा राख्नु हुँदैन। स्टिलबाट बनेका सेक्सटोयमा विद्युतीय मेसिन जोडिएको भए हल्का मनतातो साबुन पानि प्रयोग गर्नुपर्छ। यदि विद्युतीय मेसिन प्रयोग नभएको खण्डमा त्यसलाई ब्लिच र पानीको घोलमा १० मिनेट उमालेर सुकाउनुपर्छ।

कडा प्लास्टिकबाट निर्मित सेक्सटोयलाई एन्टिब्याक्टेरियल साबुन-पानीले धुनुपर्छ भने यसलाई पानीमा उमाल्नु हुँदैन। सिलिकनबाट बनेका सेक्सटोयलाई पाँच मिनेट उमाल्नुपर्छ, त्यसपछि धुनुपर्छ। सिलिकन टोयलाई एन्टिब्याक्टेरियल साबुन र तातो पानीले धुनुपर्छ। सिलिकनबाट बनेका भाइब्रेटरलाई उमाल्नु हुँदैन, किनभने त्यसले भाइब्रेटरको आन्तरिक संरचना बिगार्न सक्छ। नरम सेक्सटोयनरम सेक्सटोयहरू रबर, रेक्जिन, नाइलन तथा छालाबाट बनेका हुन्छन्। रबरबाट बनेका सेक्सटोय पारदर्शी र नरम भएकाले सफा गर्न गाह्रो हुन्छ। यो विभिन्न केमिलकको मिश्रणबाट बन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। त्यस कारण यस्ता सेक्सटोयको प्रयोगमा कन्डम युज गर्नु उपयुक्त हुन्छ।

रेक्जिनबाट बनेका सेक्सटोय एकदम नरम र धुन कठिन हुन्छन्। यसबाट धेरैजसो कृत्रिम लिंग बनेका हुन्छन्। यसलाई नरम तातो पानीले मात्र धुनुपर्छ। सुकाएपछि यसलाई सफा र चम्किलो साथै धूलो नटाँसिने बनाउन पाउडर लगाउनुपर्छ। नाइलनबाट निर्मित सेक्सटोयलाई एन्टिब्याक्टेरियल साबुन-पानीले धुन सकिन्छ। छालाबाट बनेका सेक्स्ाटोयहरू पनि धुन मिल्ने खालका हुन्छन्। यसलाई सफा गर्दा लेदर कन्डिसनर प्रयोग गर्नुपर्छ।सेक्सटोय प्रयोगका फाइदा विश्वका लाखौं व्यक्तिको यौनचाहनालाई यस्ता सेक्सटोय निर्माण कम्पनीले विभिन्न प्रकारको यौनसामग्री उत्पादन गरी पूरा गरिरहेका छन्। यस्ता सेक्सटोयबाट मानिसहरूले राम्रै फाइदा लिने गरेका छन्, अर्थात् सेक्सटोय पनि उनीहरूको यौन सन्तुष्टि पाउने माध्यम बनेको छ। यसको प्रयोगले थुप्रैलाई प्रत्यक्ष फाइदा पुयाएको छ।

सेक्सटोयले यौनव्यवहारमा विविधता ल्याउनुका साथै यसले यौनसम्बन्धमा पूर्ण सन्तुष्टि प्रदान गरेको दाबी गरिन्छ। सेक्सटोयले मानिसको यौनआकांक्षा पूरा गर्छ। यसले यौन सम्बन्धलाई पनि सहयोग पुर्‍याउँछ। यसले राम्रो यौनसम्बन्धलाई पनि मसालेदार बनाउन सहयोग गर्छ।


सेक्स पार्टनरबाट सन्तुष्टि नमिलेको अवस्थामा यसबाट आफ्नो इच्छानुसार यौनसन्तुष्टि लिन सकिन्छ। सेक्स पार्टनर टाढा भएका बेला यसको प्रयोग गरी सन्तुष्टि लिन सकिन्छ। सेक्सटोयको प्रयोगले पूर्ण यौनसन्तुष्टि दिनुका साथै तनावबाट पनि मुक्ति दिन्छ। सेक्सटोयले यौन सक्रियता बढाउँछ। पार्टनरलाई यौनचाहना नभए यसको प्रयोग गरी आफूले सन्तुष्टि लिन सकिन्छ।

- भीषण राई